This page has not been proofread
(१२)
नाम गाम सब थोक गुमाई
हाइहाइ गरदै मुख बाई
मार्गको शयन मात्र तताई
लाभ के छ अरुलाई हँसाई
(१३)
स्वच्छ पारि पहिले मनलाई
दूर सारि अलसीपनलाई
झट्टपट्ट उठ लोचन खोल
राम ! कृष्ण ! शिव ! शङ्कर बोल
(१४)
मित्रवर्ग ! नगिचै छन गङ्गा
स्नान, शौच गर ह्वौ सब चङ्गा
नीदको समय वास्तव छैन
कृत्य धर्म यसरी रहँदैन
(१५)
- लागनुछ पछिबाट उकालो
- लागनुछ पछिबाट उकालो
घाम केहि पछि चर्कन जाला
कष्टले सकल जीवन खाला