This page has not been proofread
चतुर्थ सर्ग
मैनकानृत्य र तपोभङ्ग
हे साधो सुन ! मूर्ख छौँ सब तिमी फुम्रा कुरामा पन्यौ ।
ढुङ्गा आसन भो, हठै व्यसन भो, भन् स्वर्गबाटै झन्यौ ॥ शय्या एक बनाउनू मखमली बुट्टा भरी सुन्दर ।
यौटा राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर ॥ (1
चिम्टाका बदला चुरी छनछनी 'गाँजा त्यजी कामिनी । शिक्षा प्रेम लिए जगत् भुलिगए मायाविनी यामिनी ॥ आँखा आधि गरी निमीलन सुखी सन्मार्गमा सत्वर । आरु, सुन्दर नागिनी धर गला, पाक त्यहाँ ईश्वर ॥
(र) विश्वामित्र थिए अनन्त तपमा तेजी थिए धप्धप ।
ढुङ्गामाधि जमेर आसन कडा भनज्थे महान् पादप ॥ त्यस्ताको पनि चित्त डग्मग भयो आनन्द नाचीकन । मुद्रा छैन अनङ्ग, बिभछ शर है ! भो छोड माला, वन ॥
(३)
(भुजङ्गप्रयात)
नटी मेनका छम्छमाञन् अगाडि ।
कटी भाँच्न लच्की लिई चाल भारी ॥
भुलून् गर्व हेरी सबै आज साधु । मसीनो कलाको भजी मोहजादू ॥
(४)