Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/270

From Nepali Proofreaders
Revision as of 12:00, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(८)
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति
आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति
कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ
कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ

(९)
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै
आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै
चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा
विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा

(१०)
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि
प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी
मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा
जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा