This page has not been proofread
(२४)
उदार यस्कै उपदेश-धारा
चुर्लुम्म पारीकन विश्व सारा
अनार्यता-दोष सदा पखाल्थ्यो
आर्यत्वको उज्ज्वलता निकाल्थ्यो
(२५)
रजस्तमो-दूषित वृत्तिबाट
संसारमा पर्दछ बिल्लिबाठ
भन्ने बुझी नित्य समाजभित्र
यै भर्दथ्यो सात्त्विकता पवित्र
(२६)
के शस्त्र, के धार्मिक शास्त्रतत्त्व
के शिल्प, सङ्गीत, कलामहत्त्व
के स्वास्थ्य, वाणिज्य, कृषि प्रयास
सर्वत्र आर्यत्व थियो प्रकाश
(२७)
त्यै आर्यको संस्कृति विश्वभित्र
छँदै छ अद्याऽऽपि बडो पवित्र
यथार्थ विश्लेषण गर्न उस्को
संसारको शक्ति छ आज कस्को ??