This page has not been proofread
(१२)
अनेक विज्ञान-विवेकशाली
शाखा-प्रशाखा श्रुतिका निकाली
दैवी कला हासिल गर्न शक्ने
त्यै आर्यता भो कहिल्यै नझुक्ने
(१३)
विद्या परामा बहुतै सचेत
रहेर सारा अपरासमेत
जान्ने ठुला अद्भुत दूरदर्शी
यै जातिका रत्न थिए महर्षि
(१४)
अन्यायकारी सुरराजसम्म
पल्टाउने शक्ति र सत्त्व टम्म
यै जातिको भित्र निवास गर्थ्यो
जस्देखि संसार अचम्म पर्थ्यो
(१५)
अध्यात्म साथै अधिदैव लक्ष्य
राखी मिलाई अधिभूत पक्ष
जस्ले खुलायो सब सृष्टितत्त्व
उस्को न होला कसरी महत्त्व