This page has not been proofread
(२०)
जालो कतै टम्म छ माकुराको
बनावटी जाल सरी कुराको
फसेर जस्मा बिचरा अजान
दिन्छन् शिकारी शठलाई ज्यान
(२१)
कतै तिखा दन्त धसी खनेका
आदर्श चौर्य-श्रमको बनेका
टेढा र बाङ्गा गहिरा सुरुङ्ग
देखी मुसाको दिल हुन्छ दङ्ग
(२२)
कतै छरीता कमिला शिकारी
कुनै कुनाबाट शिकार मारी
घिच्याउँछन् लाखन लागि ताँती
मिलाई मेलो, मन, माग, छाती
(२३)
कतै त काठे भुमरो कराल
काठे-किराको गहिर पुवाल
खोस्रन्छ बर्बर्ति धुलो खसाल्छ
कीरा चपाईकन पेट पाल्छ