Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/240

From Nepali Proofreaders
Revision as of 11:40, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(८)
गली-सकेको लडिया बिकम्बा
भ्याल्सी कुहेका धमिरालु खम्बा
कोरा थुनी गिर्न सबै तयार
जता दियो दृष्टि उतै उजार

(९)
टाटी डिसिप्लेन सबै टुटेको
कुराज्य जस्तै बहुधा फुटेको
जस्बाट लोप्राहरु पट्टपट्ट
गिर्छन टुटी दन्तसरी बिछट्ट ।

(१०)
काठे-किरा 'कटकट' शब्दकारी
काठैपिछे छिद्र अनन्त पारी
वर्षाउँछन्‌ धूसर धूलि-धारा
दुर्दर्श लीला लयको छ सारा

(११)
सारौँ, परेवा र चिभे, भँगेरा-
काकऽऽदि चोट्टा चिडिया घनेरा
त्यै जीर्ण छानु उधिनी उजारी
बोक्छन्‌ चुचाले खर चट्ट धारी