Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/207

From Nepali Proofreaders
Revision as of 11:29, 18 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
सत्य सन्देश

मेरो जीवन पुष्पको जगतले पाओस्‌ मिठो वासना
आओस्‌ सौरभ विश्वको पनि ममा भन्ने भए चाहना ।
आफूमा तिमी दोष खोज गुणको गर्वीपना दूर होस्‌
अर्काको गुण खोज दोषहरुको चर्चा, चियो क्यै नहोस्‌ ॥