Jump to content

Page:Shakuntala.pdf/217

From Nepali Proofreaders
This page has not been proofread
सप्तदश सर्ग
(मन्दाक्रान्ता)

धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन्‌ ।
सारा हाम्रा म्रतुहरुविषे अल्प वसन्त ॥
लाली राम्रो गगनपटमा बस्छ है थोर काल लाग्ने ।
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
(१)

साना झल्का बहल रसिलो पाउँदा छन्‌ निमेष ।
निभ्छन्‌ ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥
राम्रा मीठा मुख कुसुमका फुल्दछन्‌ थोर काल ।
प्रेमीलाई पर गिरिदिने छन्‌ यहाँ कूर जाल ॥
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य ।
दुःखी धोपासित जलद फझै पार्न कालो दिगन्त ॥
(२)

हेर्नैपर्ने भुवन-पतिले सत्यका ती विरोध । ।
गर्नेप्नतै समर रिपुका हुटनिमि शोध ॥
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ !
डुब्ने आपद्‌ निकट छ" भनी दूतले भन्छ आई ॥
(३)

देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
भन्छन्‌ "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥
चछुट्टिन्नौं है तर अब यहाँ एक आपद्‌ मलाई ।
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
(४)