Jump to content

Page:Shakuntala.pdf/215

From Nepali Proofreaders
This page has not been proofread

मुन्द्रा मुन्द्रा चित्तका चारु हाली ।
बल्ली हल्ली रूखको फेद तल्ली ॥
छन्ची उद्दै प्रेमका आज हाँगा ।
मीठा मीठा फूलका दीप नाली ॥
(४७)

रङ्जीचञ्नी जिन्दगी आज सारा ।
कैले यौटै सूर्यमा हुन्छ धप्धप्‌ ॥
रङ्जीचङ्गी फुट्छ काहीं बैमेर ।
फ्रप्पा टुप्पा झल्फलाएर झप्झप्‌ ॥
(४८)

आत्मा भन्थ्यो 'आज-हे दिव्य दूना ।'
टूना भन्थी (दिव्य हे पूर्ण ज्योति ॥'
आँखा भित्रीबाट जो बर्र मोती ।
झर्थ सज्थे फूलका चारु लोती ॥
(४९)

मेनका स्फटिकतुल्य मनोज्ञ ।
शोौलप्ष्गहरुबाट उज्याला ॥
घ्यानका नजरले तल हेर्थिन्‌ ।
सुन्दरी शावलशैल रसामा ॥
(५०)

तारकासरि तिनी अति उँचा ।
स्वर्गशौल-चुचुराकन टेकी ॥
छन्‌ अदृश्य तर सूर्यप्रभाको ।
तेजिलो यवनिका रहनाले ॥
(५१)

देख्दछिन्‌ स्फटिकमण्डल चारु ।
वायुकी सब धराकन घेर्दो ॥
पारदर्शीक हुँदा अलि सोही |
देखिने मधुर मोहन पृथ्वी ॥
(५२)