कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको
लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं । मनौबैज्ञानिकलाई जूवा जस्तो राम्रो अध्ययनको विषय केही
छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता, कोही नीला । कोही हैँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज गरिरहेका हुन्छन् । मानिसले धर्मलाई यहीं ल्याएको हुन्छ र मनुष्यको लक्ष्मीपूजाको तमाशा भन्नु यही जूवा हो । अनेक कक्षाका मानिसहरूको अनेक-अनेक किसिमका भावहरू र अनेक-अनेक किसिमका अवस्था र लक्षणहरू यहीं देखिन्छन् । जसले खालमा बसेर जूवा खेलेको छैन त्यसले यी क्राहरू राम्ररी बुभ्दैन । त्यहाँ मनुष्यहरू घुँडा घसेर, छाती फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चमत्कारी आकर्षण र अनेक चुडकिला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ,
कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झंदैन, निद्रा
निको मान्दैन र प्रकृतिका अरू क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन,
तर आशालाई क छाड्ने होइन । क हरहमेशा 'आउँछ कि आउँछ कि'
मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्देछ । तर उसको आशा सधैँ
उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर
अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त
लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँभझिँदै छ पनि ।
जूवा लाग्छ भन्दछन्-जस्तो गाँजा लाग्छ, चरेस लाग्छ, चण्डू लाग्छ । यो पनि एक नशा हो, यो नशा प्राकृत छ । हरहमेशा दुनियाँलाई लागिरहेकै छ । त्यही नशाका लक्षणहरू जुवामा प्रदर्शित हुन्छन् । कोही व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के
दौडिरहेछन् ? तिनै भावहरू जो हामी यहाँ देख्दछौं । जूवा लागिरहेकै
छ। बाबु र छोराको नाता बिर्साउँछ, भलादमी भलादमी झगडा गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ हेर्दछ अरूहरूलाई बिगार्न र आफ्नो मतलब हासिल गर्न ! उसलाई
अरूको परवाह छैन । मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै
जीवनको दौड छ । स्वार्थसंकेतक गोल चक्कीहरू भाग्यका तमाशामा थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले १५४८लक्ष्मी निबन्ध-संग्रह