मैरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाडी मेरा स्ख-दुख भरी भाव, सम्झै मलाई ।
तिम्रो प्यारो दिलसँग हँदै लिन्छ मैले बिदाइ ॥
(६७)
"निर्सिन्छथौ के भनन पर भै कामिनी-कञ्ज शोभा: ?
तिम्रो फुल्ला समय मुखले गन्ध प्ृक्षार पाई ॥
मस्ती मीठो पिककन हँदा शन्दमा मस्त बन्दी ।
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
(६८)
"बढ्दै जाला रम रँग यहाँ बागमा घाम पाई ।
चढ्दै जाला तर शिशिरको एवास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बाली ।
आजैसम्मन् सुख नजरमा, दूःखको हन्छ भोलि ॥
(६९)
बोली मीठा हृदय भरिने पड्खले चारु गर्छन् ।
आशा जस्ता कसुम भ्रतुका शब्द झैं भै विचर्छन् ॥
न्यानो होला स्वर रंग घसी बास पाई नवीन ।
यौटी दःखी परतिर बसी खालि रौली मलीन ॥
(७०)
यस्तो प्यारो उपवन हरा एक योस्वर्ग मेरो ।
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिब्य फेरि ॥
मेरो आफ्नो तन्सँग सदा वृद्धि पाईरहेको ।
बोल्दा चल्दा सृ्खमय सबै पर्ण पन्छी भएको ॥
(७१)
पौ पन्नाका जगत, स्खको रत्न, सौगन्ध हीरा ।
यो गानाको उपवन हरा, गुम्जिने पृप्पवाणी ॥
मीठो शोभा बहल रँगका, वायुको यो हवेली ।
यो छाया यो छवि पर हुँदा दुःख झै हुन्छ भौलि ॥
(७२)
Page:Shakuntala.pdf/248
Appearance
This page has not been proofread
