प्रैमै छ आसन सुवर्णसमान खासा ।
साहित्य दैनिक मिठास बढालु भाषा ॥
छन् देवदूत शिशु नै, सपना जहाज ।
आनन्द उन्नति क्रिया सब कामकाज ॥"
(३५)
यस्ता करा मधुरले उपदेश गर्दै ।
झुक्दी मुहारकन सुन्दर गौतमी ती ॥
गर्छिन् तयार घरतर्फ पठाउनाको ।
जोरी समस्त सरजाम अनेक भाँती ॥
(३६)
बिर्से कि आजतक भूपतिले मलाई ?
या सम्भिएर तर फुर्सद नै नपाई ॥
सन्देश एक पनि छैन न हबैन मेरी ।
भन्छन् कि ? के हुन गयो र भुले कसोरी ॥
(३७)
भन्दै विचारसित लोचन नासिकाका ।
टुप्पा दिँदी, अधरमाथि कनिष्ठिका दी ॥
राखी कपोल कर-पृष्ठ कुना अडघाई ।
रम्भोरु छन् मधुर चित्रण कल्पनाकी ॥
(३८)
आए सँगी हेंसमुखी मृदुचाल लच्की ।
गर्दै प्रसन्न नखरा र करा रसीला ॥
गाला मुसार्न दुद्ध हात दिँदी कनै ती ।
"रानी अहा जगतकी" भनी चट्ट चम्के ॥
(३९)
यौटी पछाडितिरबाट मुदुक्क आई ।
मारेर चाल मुखलाद्द यसो लुकाई ॥
खोपेर लोचन दुवै मुख खिल्खिलाई ।
सोध्छिन् अरू वदनबाट "चिन्यौ मलाई :"
(४०)
Page:Shakuntala.pdf/232
Appearance
This page has not been proofread
