Jump to content

Page:Laxmi nibandhasangraha.pdf/188

From Nepali Proofreaders
Revision as of 23:45, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश गर्न खोज्दछ । क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । “यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश गर्न खोज्दछ । क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस

दिन्छ ।

“यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सानो पुतली-पयरले !' भन्दै मानिस आफ्नौ दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले सुस्तसँग कानेखुसी गर्दछ, 'जा, बा ! तँ जादूको पुतली होस्‌, असीम

शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ । तँ सत्यको सुन्दर, मोहनीको

पीछा लाग्‌, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता

त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले वास गर्दछ । तँलाई स्वर्ग छुनु

छ । तँ माटो होइनस्‌ । आलस्य र नैराश्य दुवै असतृका टुना हन्‌। गिर्नु, उठनु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिनेजस्तो भेदनुमा त॑ सत्यको नजीक पुगिरहेको छस्‌ । असम्भवले बनाएको तेरो सत्यमार्गी अनन्त

शाक्तिमत्तामा प्यास, आस र उद्योगको मोहनी भर्ने हो ! तर सम्भवका

सीमा छैनन्‌ ।'

“क्ुद्रे हृदयदौर्बल्य त्यक्त्वोत्तिष्ठ परतप' भन्ने मन्त्र पहाडहरूको

नीलो मसीमा लेखिएका हरहमेशा हाम्रा नजरअगाडि मोहनको मोहनी

झैं टड्कारो दृश्य छ । मानौं पहाडहरू पृथ्वीमा चरण राखेर स्वर्गतिर

दौडँदै भन्दछन्‌ । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक

मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं

सारा नेपालको भाषा छ । त्यहीँ सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर

र दिन त्यहीँ आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरू

झल्काइरहेछन्‌ । मानौं त्यही सिर्जनाको दैनिक उद्घाटन छ।

शून्य

अन्धकारमय जगत्‌लाई नवीन रूप, रङ र खँदिलोपन स्थितिमा राख्ने प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन्‌ । हामी त्यहाँबाट प्राथमिक

सिर्जनात्मक भावहरू पाइरहेछौं मानौं त्यहीँ संगीत मुखरित भइरहेछ,

मानौं संसार संगीतबाट या संगीतसँग सिर्जना हुन्छ । बस्‌ !त्यहाँ

पुग्नको महिमा हराउनासाय तामी मु दा जस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी संसारका सर्वोच्च शिखरहरू चढ्दछौं ।

हामी नेपाली गौरीशङ्घरको यात्री भएका अझ छैनौं भने त्यस

विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ गौरीशंकर यात्रा “१७९