Jump to content

Page:Tarun tapasi.pdf/86

From Nepali Proofreaders
Revision as of 21:03, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
त्रयोदश विश्राम


पिउँदै रसिलो सुधा सरी
मुनिको भावुक भावमाधुरी ।
कवि दङ्ग थिये पला पला
फिर सुस्तै मुनिको खुल्यो गला ॥


पर्यो मैलो छाया किन किन उदासीन मनमा
म टोलायें ज्यादा उस जुनकिरीको निधनमा ।
बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही
फुक्यो याताऽऽयातक्रम विषय वा जीवनबही ॥


परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा
फराकीलो छायाजडित उस चौकीउपरमा ।
ठुला साना लाखौंथरि पथिक थाले बटुलिन
बन्यो मानू चौकी थकित सबको शान्तिसदन ॥


झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी
खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी ।
लिई आडा मेरो पथिक पथको सङ्कट छली
सुबिस्ताई लाखौं किसिमसित गर्थे खलबली ॥


गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति
विलासी वैरागी प्रभृति, बहुरङ्गी पथिक ती ।
त्यहाँ जो जो बस्थे विविध तिनको भावलहरी
म देख्थें, फन्कन्थे हृदयदहमा तर्कभुमरी ॥