Jump to content

Page:Tarun tapasi.pdf/71

From Nepali Proofreaders
Revision as of 21:02, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१९
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी ।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः ॥

२०
जती जो चाहिन्थ्यो जठरहरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो ॥

२१
कठै रित्तो पारीकन सब सदावर्तभवन
हरी सारा साजा पथिकजनको जीवनधन ।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला ? हरि हरि ॥

२२
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा ।
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥

२३
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी ।
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्तिज्वालामा मुफत किन जल्छन् ? हरि हरि ॥

२४
जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चयकला ।
शिकायो होला वा मनुजपशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥