This page has not been proofread
१६
चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा ॥
१७
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
म झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी ॥
१८
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ भनी ।
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥