Jump to content

Page:Tarun tapasi.pdf/61

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी ॥


क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको ।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी ॥


कठै त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।
भयें केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी ॥