This page has not been proofread
(७)
छक् भै जिल्ली हेर्दा ह्लानो
ह्लानो लामा- [लनी लाने]
गजन पर्दछ !
'चाङना' सेर्पा आँखा भरभर
जलजल भर्दछ !
(८)
लूनी रानी लहरा झैँ
काँधमा बेह्री बस्छिन् उसको
आँखा म्दछ !
सेर्पा साङ्गा बाबु सोक्गो
होशमा फिर्दछ !
(९)
ह्मे ह्मे लामा तीखो लामा
सारा बर्दछ !
लामा ह्मे ह्मे गम्भीर स्वरले
दुई ओठ खोल्दछ ॥
(१०)
"यी हन् लूनी लनी रानी
हेलम्बकी फूलकी खानी
आँखा भरभर परी पानी
ह्लासा गएकी ।
यो हो 'चाडना' उसको प्रेमी
दिलमा लिएकी ॥