Jump to content

Page:Laxmi nibandhasangraha.pdf/168

From Nepali Proofreaders
Revision as of 23:37, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना

थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्दा

झैं बस्तछु । म आफै राम्ररी बुभिदनँ ।

मलाई संसारका क्र्रताहरूले गिज्याए-त्यस बेला जब म मृदुलको स्पर्श पाइरहेथेँ मेरो हृदयमा भीषण दक्खल परे ।दुनियाँका राता दाह्ार नङ्ग्राहरू देख्ता मेरो आत्मा चिढिएर कुँडियो । मैले भनें- 'म मात्र ज्यादा मृदुल हुनु अतिजीविताबाट बाञ्चत हुनु हो संसारको ढुद्ठे व्यवहारले नै हाम्रा कोमल नसाहरू ढुङ्गामा जडिदिन्छ । म यतिका मृदुल भावहरूमा सांसारिकताबाट पन्सिन चाहन्छु यति क्र्र दक्खलहरू हृदयमा अनुभव गरेर, दुनियाँ सोफझालाई घोचो दिन चाहन्छ कोमललाई दबाउँछ, क्रूरदेखि डराउँछ । तब म मात्र किन बाहेक बनूँ ? यसलाई दाँतले तर्साउनुपर्छ, ठूला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धूलो बनूँ ? यस्ता प्राकृत

भावहरू संसारका हावाले सजिलैसँग उब्जाउँछन्‌ ।

त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका

नङ्ग्रा कति लाल छन्‌। मासु खाने, धर्मघुरन्धरहरूको प्रवृत्ति देखेर रिस

उठ्यो । उनीहरूका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रालाई सिवाय मैले देखिनँ । आत्माले भन्यो-“धत्‌ उल्लू ! मासु नखानु आडम्बर हो' 'जीवो

जीवस्य जीवनम्‌ ।' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें-

'ले, त्यो

बलियाको शिकारलाई !' मैले आफ्ना त्यस्ता भावनाहरूलाई भनें- धत्‌ उल्लू हो ! चूप लाग । यो बोको बलि दिनुमा बलवान्‌को महिमा छ! म खालि प्राकृत जङ्गल-कानूनमा चलिरहेछ । महामायामा हिँसा छ !' तैपनि जिञ्चोलाई छकाए पनि यसभन्दा मीठोपन कहीँ अरू ठाउंमा छ भन्दै

खान्थ्यो, शायद कन्दमूलमा र वक्षले आफैँ हातले दिने रसभरि दानाहरूमा ।

म मुर्दा जस्तो हुँदै गएँ र बराबर झल्याँस्स हुन्थेँ, 'छिः कस्तो, मैलो, मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी

आदतले त्यसै आँखा छोपिदिन्थ्यो ।

म बुभ्थे- म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई छकाउँथैँ । म सम्झन्छु-दुनियाँका व्यवहारका जरामा केही विषालुपन सुस्तरी श्वास फेर “१४९