This page has not been proofread
(१४)
'जिन्जी दिदी ! जिन्जी दिदी'-
आँखा उठे मुखमा !
भाका भने बन्द भयो
बोलिनको द्:खमा !
(१५)
"क्यान आज लूनी रानी,
कोपिला झैँ बन्द ।
हामी दिलको पाइसम्छौँ
लुकाएको गन्ध !
(१६)
"सेर्पा चाङना फूलबारी
गँथ्छ रङ्गीन माला !
चाङना जसले "मारदौन' जित्यो
ह्लासा वीरको चाला !
(१७)
मिर्मिरे जँघा उसको ओठमा
फलको केशर कालो !
ढुक्क्र जस्तो गोद गाई हिँड्छ ।
फूलको बोकी डालो !
(१८)
जिन्जीको छ कुने आँखा
हामी देख्छ फुलशर ।
मुटु हान्ने धनुमाथि
बिश्ने ठाउँ करकर !"