Jump to content

Page:Ritubichar.pdf/54

From Nepali Proofreaders
Revision as of 18:43, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
अथ
हेमन्त-विचार


गर्दागर्दै खुशीसाथ शरत्सौन्दर्यवर्णन ।
हेमन्तले खिचीहाल्यो कविको लेखनीकन ॥


भारी बोकेर जाडाको टाढाको बटुवासरी ।
हिमदन्तुर हेमन्त आयो मैलोपना धरी ॥


मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर ।
देखेर डरले भागी शरद्बाला दिगन्तर ॥


हेमन्त डाकिनीतुल्य लोक ठाडै कठ्याउँछ ।
झल्कने हिमदाह्राले जो जो पायो अँठ्याउँछ ॥


घसी भस्म तुषाराको कुइराको लटा धरी ।
धुम्मियेको छ हेमन्त अवधूतैबराबरी ॥


अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ ।
जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ ॥