Jump to content

Page:Ritubichar.pdf/51

From Nepali Proofreaders
Revision as of 18:43, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

७९
हसनाको बडो हस्के देखी उत्ताउलोपन ।
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥

८०
ढकमक्क शयेपत्री अभिमानीसमान छ ।
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥

८१
बन्दैछ गमलारूपखोरमा गुणकेशरी ।
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥

८२
रसीलो हरश्रृङ्गार वर्षाई पुष्प बर्बरी ।
स्वर्गीय वासना भर्छ महात्मा झैं वरीपरी ॥

८३
हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग छ ।
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग छ ॥

८४
रङ्गमा रेशमैतुल्य ढङ्ग लोकै बिझाउने ।
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥

८५
उता गोदावरी जम्मै फुलेर ढकमक्क छ ।
यता सरस नेवारी त्यो देखी अकमक्क छ ॥

८६
एतावता सबैतर्फ शरत्को कान्तिमाधुरी ।
झल्कायेर फुलेका छन् फूल राम्रा थरीथरी ॥

८७
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी ।
अम्बा लदाबदी जम्मै पाकेका छन् थरीथरी ॥