This page has not been proofread
८
विषले मत्मतायेका काला काला भुजङ्गको ।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥
९
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
ज्वालाजाल निकालेर बलने हो कि दन्दन ?
१०
त्यो नीलभाग माथिल्लो सारा विश्वकटाहको ।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?
११
संसारभर ठण्डीको नामै छैन कतैतिर ।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥
१२
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लयलीलाको देखायो चम्चमावट ॥
१३
गरमीको कडा मुस्लो सल्कायेर सबैतिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?
१४
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैं यौटावृक्षच्छाया छ शीतल ॥
१५
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैं सुखी बनी ॥
१६
जल शुक्तै गयो सारा पृथ्वीबाट घरीघरी ।
कराल कलिले गर्दा धर्मको महिमासरी ॥