This page has not been proofread
९७
नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर ।
पानीबाट निकाले कि पद्मका रूपमा शिर ?
९८
लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित ।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधुव्रत ॥
९९
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमलस्थिति ।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥
१००
संसार नाट्यशालाका छपर्दामध्य वास्तव ।
ज्यादा वसन्तपर्दामा खुशी छ जगतै सब ॥
१०१
बहुत कम हुनाले काव्यको भङ्गिभाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव ।
भनिकन पहिले नै केही सङ्कोचसाथ
बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' ।
इति वसन्त-विचार