Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/105

From Nepali Proofreaders
Revision as of 16:44, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(७)
सिम्रिक सारा पर छरिएको
चादर फुस्रोपन भरिएको ।
आँसु बहेको रजनी बिचरी
छटपटिएकी कसरी कसरी ?

(८)
रजनी ! रजनी ! बस अलि बेर
जनि गर, नदगुर रन्थनिएर ।
नजर फिराई अलिकति हेर
पूर्व गुलाफी खोपीनेर ॥

(९)
बालक दिनकर भरखरका ती
सुस्त पसारीकन कर माथि ।
गरछन्‌ खोज प्रिय जननीको
बिन्ति छ रजनी ! नगर ननीको ॥

(१०)
हुन त उषाले लेली काख
प्रणय बढाई मानी चाख ।
किन्तु तिमी पनि ममता राख
धाईभन्दा जननी शाख ॥