Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/171

From Nepali Proofreaders
Revision as of 16:30, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''वंशीधरको दिव्य वंशी'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावन ::घन्काएर घनक्क, भित्र उसमा भर्दै नयाँ जीवन । हे वंशीधर ! विश्वमोहन ! परा वाक्रूपिणी बाँसुर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
वंशीधरको दिव्य वंशी

(१)
सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावन
घन्काएर घनक्क, भित्र उसमा भर्दै नयाँ जीवन ।
हे वंशीधर ! विश्वमोहन ! परा वाक्रूपिणी बाँसुरी
फुक्छौ नित्य नयाँ नयाँ सुर झिकी व्यामोह-वर्षा गरी ||

(२ )
त्यो चर्को सुरबाट जागृत बनी तिम्रै गरी खोजनी
घुम्न रासविलासको रहरमा धीवृत्ति छन्‌ गोपिनी ।
साथै छौ, तर लुक्नमा चतुर छौ, हाँसीरहन्छौ लुकी
त्यै तिम्रो रस-रङ्गमा छ रसिलो यो सृष्टिको चक्‌चकी ॥