Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/165

From Nepali Proofreaders
Revision as of 16:30, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''पूर्व-स्मृति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} त्यो शुद्ध श्रौतशिक्षा-क्रम गुरुकुलको, त्यो विचार-प्रणाली ::त्यो श्रद्धा, त्यो तपस्या-प्रणय, शमदमाउम्यास त्यो धैर्यशाली । त्यो दैवी शान्ति श...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
पूर्व-स्मृति

(१)
त्यो शुद्ध श्रौतशिक्षा-क्रम गुरुकुलको, त्यो विचार-प्रणाली
त्यो श्रद्धा, त्यो तपस्या-प्रणय, शमदमाउम्यास त्यो धैर्यशाली ।
त्यो दैवी शान्ति शोमा-सहित चहकिलो सत्य, सन्तोष, निष्ठा
त्यो अध्यात्म-प्रभाले चमचम गरदो विश्वपूजा प्रतिष्ठा ॥

(२ )
त्यो लाखौँ उच्च विद्या-विषयक पटुता, दृष्टि 'त्यो पारदर्शी
त्यो दिव्याऽऽदर्श हाम्रो, अनुपम जुग त्यो, विश्वकल्याणवर्षी ।
त्यो सत्कर्म व्यवस्था घरघर सबको, त्यो सफा शान्ति-धारा
त्यो सारा लागिहाल्यो समय-जलधिको पट्ट पल्लो किनारा ॥