पहाडमा सटेको चुम्काको बीचमा, अस्पष्टताको गरन भौ मेरोभन्दा
तीब्र कल्पनाको अन्वेषण मान्दछन् । म लेख्तैछु, दृश्य फेरिदैछ । क्षण-
क्षणमा सजीव दृश्यले एकाएक नमूना निकाल्दो छ, मानौं कोही साँच्चिकै दृश्यपटमा अदृश्य बुरुशले फा चढाइरहेछ, थोरै फेरिरहेछ, ह्वैन ? क केदैन, मेट्तैन-खालि विकास गर्दै लगिरहेछ-त्यो भविष्यक प्रतीक्षाको अलौकिक चात्रीले जो म अपूर्णलाई सृक्ष्मातिस्क्ष्म छ । जीवन अडेको जस्तो देखिन्न, विशालले आफ्नो विकासशील जादूगरीमा सजीवताको सुन्दर चेत हामीलाई दिइरहेछ । मानौं हामी त्यसविना उसलाई बोक्रे वेदान्तको स्पन्दनशून्य चैतन्य सम्झुँला भन्ने उसलाई करुणापूर्वकको त्रास छ । यहाँ चिच्याहट छैन, केही दोहरिन्न, किनकि दोहरावट भन्नु
नवीनताको अभाव हो। प्यार सिर्जना 'नित नव' भएर नौलिन्छन् कस्तो मघुर ऐक्यको भावमा ? यो देख्ने दुई जना छन् । एउटा त्रिचन्द्र कलेजको मसलाको रूख-जो अब न्यानो बनेर अलि-अलि पात झुम्कामा नाचूँ-नाचँको नैसर्गिक भावले दोलन पाउन लागिरहेछ- कानमा सि्सिरी चैदा गरेर जसमा मानौं मेरो हृदयलाई शीतलताको सिर्का छन्-र म अहिले अघनीभूत
शब्दमा आकाशबाट एक समितिको शब्दकोषलाई नवीन प्राप्ति चढाउँछु 'सिर्सिराएको हावा !" अब आँखा अलि तिर्मिराउन लागेजस्तो आकाशको झिल्के रहस्यमा ज्यादा चाख राख्नेहरू रातो याद पाउँछन् ! वनकालीतिर नदेखिने बादलखण्डको सानो छायाले छाएर दक्षिणको छेउ कल्सेँदो हुन्छ, तर
अरू ठाउँमा हरियो भन्न नसुहाउने, मोहनको अनुपस्थितिमा निर्माहनी
लागेको आजकालको वृन्दावनका धूलीधूसर वृक्षहरूको रग्ग जस्तो रङ्ग
भएका, मौन चित्र झैं अचल वृक्ष- बिरादरी झुप्पा परेको छ । टुक्चापारि रूख र घर 'तँ ठूलो कि म ठूलो' को स्पर्धा देखाउँछन्, र अनेक निवासहरू वृक्षको अँगालोमा बसेका सच्चा नेपाली निकेतनजस्ता
देखिन्छन् । यहाँबाट हेर्दा धेरै छानामा शरदूले पत्ती वर्षाउँछ कि भनेजस्तो
देखिन्छ यद्यपि वास्तवमा छाना र रूख धेरै टाढा रह्न् ! डिल्लीबजार बगैँचामा बसालेजस्तो देखिन्छ र आफ्नो नामको अघधुनिकताबाट वञ्चित भएको देखिन्छ ! एक त्रिकोणी टायलदार चुलिएको अग्लो छानोबाहेक अरू तीन-चार भ्यालवाला राता ईंटाका दुई भ्वाँगप्वाले झिंगटीकराले १३४८लक्ष्मी निबन्ध-संगह