Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/156

From Nepali Proofreaders
Revision as of 16:29, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''सन्ध्या'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} विस्तीर्ण कर्मपथका सब जीवलाई ::विश्रान्तिको प्रबल उत्सुकता दिलाई । अस्ताद्रिका शिखरमाथि पुगे दिनेश ::पल्ट्यो सबै प्रकृतिको महिमा विशेष ॥ {{pcn|(२)}} व...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
सन्ध्या

(१)
विस्तीर्ण कर्मपथका सब जीवलाई
विश्रान्तिको प्रबल उत्सुकता दिलाई ।
अस्ताद्रिका शिखरमाथि पुगे दिनेश
पल्ट्यो सबै प्रकृतिको महिमा विशेष ॥

(२)
विस्तारसाथ दिन दीन भएर आयो
पूर्ण प्रभापटल-सार सबै हरायो ।
झल्कीरहेछ सब पश्चिमतर्फ खालि
आश्चर्यको भवन-तुल्य अपूर्व लाली ॥

(३)
जस्तो थियो उदायम रविको प्रकाश
उस्तै छ रक्त अहिले पनि एकनास ।
देखेर यो हृदयले अभिमानलाई
तत्काल गर्छ अनुशासन जानलाई ॥