Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/122

From Nepali Proofreaders
Revision as of 15:41, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''कन्याहरूको गौरीसित अभ्यर्थना'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} जय जय गौरी ! शैलकुमारी ! ::महिमा प्रभुको मङ्गलकारी । निशिदिन हाम्रो दिलमा भित्र ::खेलोस्‌ भरदै भाव पवित्र ॥ {{pcn|(२)}} सरल कुमारी-वय...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
कन्याहरूको गौरीसित अभ्यर्थना

(१)
जय जय गौरी ! शैलकुमारी !
महिमा प्रभुको मङ्गलकारी ।
निशिदिन हाम्रो दिलमा भित्र
खेलोस्‌ भरदै भाव पवित्र ॥

(२)
सरल कुमारी-वय यो हाम्रो
फुलको कलि झैँ कोमल राम्रो ।
क्रमसित यो सब फक्रन पाओस्‌
राप तापको आँच नआओस्‌ ॥

(३)
गुण गौरवको यशको खास
यसमा मगमग मधुर सुवास ।
जननी ! पल-पल चढ्दै जाओस्‌
अपयश-बदबू घुस्न नपाओस्‌ ॥