Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/121

From Nepali Proofreaders
Revision as of 15:41, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''शरणाऽऽगति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} सबै हेरी जाँची विषय-सुखको चञ्चलपना ::जगत्‌ सारा सम्झी निमिषभरको तुच्छ सपना । झुकी बिन्ती गर्दै रघुवर ! म लोटेँ चरणमा ::अजानै हो भन्ने समझि लिनुहोल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
शरणाऽऽगति

(१)
सबै हेरी जाँची विषय-सुखको चञ्चलपना
जगत्‌ सारा सम्झी निमिषभरको तुच्छ सपना ।
झुकी बिन्ती गर्दै रघुवर ! म लोटेँ चरणमा
अजानै हो भन्ने समझि लिनुहोला शरणमा ॥

(२ )
दुराचारी व्याधा, अधम गणिका, भिल्ल, शबरी
सबैले पाएथे जुन मधुर कारुण्य-लहरी ।
उही पाऊँ भन्दै रघुवर ! म रुन्छू चरणमा
अजानै हो भन्ने समझि लिनुहोला शरणमा ॥