Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/119

From Nepali Proofreaders
Revision as of 15:41, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} उतार त्यो भारी मधुर करुणा-द्वार मनको ::गरी रक्षा सारा विकल बिचरा दीन जनको । यता विश्व-प्रेमी बन, मनुज-चोला सफल होस्‌ ::उता स्वर्गद्वार क्षणभर पनी बन्द नरहोस्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१२)
उतार त्यो भारी मधुर करुणा-द्वार मनको
गरी रक्षा सारा विकल बिचरा दीन जनको ।
यता विश्व-प्रेमी बन, मनुज-चोला सफल होस्‌
उता स्वर्गद्वार क्षणभर पनी बन्द नरहोस्‌ ॥

(१३)
तिमीभन्दा लाखौँ गुन अझ धनी मानिस पनि
डुलेका छन् बाबा ! फगत भिखमङ्गा सरि बनी ।
विधाताको सारा अघट घटना सम्झ मनमा
सबै मेरो मेरो भनि नभुल यो मोह-वनमा ॥

(१४)

कदाचित्‌ यो तिम्रो भवन चकानाचूर पहिले
हुँदो हो ता हुन्थ्यो कसरि किन यो भेट अहिले ।
दया राख्यो भारी सदय विधिले सङ्गत भयो
सुन्यौ मेरो सानू चिरिबिरि, सबै पाठ पढ यो ।

(१५)
कसै शक्तैनौ यो यदि तिमि भने घच्च सहन
मलाई द्यौ बाबा ! फगत अब यो रात रहन ।
म भोली नै जान्छू नृपतिसँग भूकम्प कहन
पखेटा छन्‌, सक्छू अझ त नभमा सर्र बहन ॥