Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/91

From Nepali Proofreaders
Revision as of 14:55, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} विरक्त बन्छ, व्यवहार लिन्नँ कलत्र-पुत्राऽऽदि कुनै म छुन्नँ ॥ भनी मुडायो शिर, किन्तु आँखा बनीरहेका धनमा चनाखा ॥ {{pcn|(१३)}} गुणी विवेकी, कवि, साधु, सन्त बडे बडे प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१२)
विरक्त बन्छ, व्यवहार लिन्नँ
कलत्र-पुत्राऽऽदि कुनै म छुन्नँ ॥
भनी मुडायो शिर, किन्तु आँखा
बनीरहेका धनमा चनाखा ॥

(१३)
गुणी विवेकी, कवि, साधु, सन्त
बडे बडे पण्डितजी, महन्त ।
सबै जनाका धन देखदामा
हुने दुवै नेत्र बिछट्ट लामा ॥

(१४)
जती तिमी हेर, जती विचार,
जतीसुकै निर्मल चित्त पार ।
सबै जना यै मनमोहकारी-
स्वरूपधारी धनका भिखारी ॥

(१५)
विचार, विद्या, बल, शक्ति, तत्त्व
विवेक, फुर्ती, पटुता, महत्त्व ।
सबै कुराको धनमा छ वास,
धनै छ सांसारिक सार खास ॥