Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/80

From Nepali Proofreaders
Revision as of 14:55, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} देखिए नद-नदीहरु साफ घामको घटिसक्यो परिताप । पान्थका पनि खुले सब रस्ता लोकलाइ छ बिछट्ट सुबिस्ता ॥ {{pcn|(४)}} अन्न पात घरमा हुलि भारी पूर्ण पारिकन बाँधि भकारी । आ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३)
देखिए नद-नदीहरु साफ
घामको घटिसक्यो परिताप ।
पान्थका पनि खुले सब रस्ता
लोकलाइ छ बिछट्ट सुबिस्ता ॥

(४)
अन्न पात घरमा हुलि भारी
पूर्ण पारिकन बाँधि भकारी ।
आफना घरघरै ति किसान
मस्त छन्‌ सब अमीर-समान ॥

(५)
सूर्य दक्षिण कुनातिर लत्रे
खुम्चिए कमलका दल झुत्रे ।
लोकबाट गरमी सब भाग्यो
शीतको प्रबलता हुन लाग्यो ॥

(६)
चञ्चले बिजुलि झैँ गरि चट्ट
देखिएर दबिने दिन झट्ट ।
रात-चाहिँ सब छन्‌ अति लामा
काटनै बहुत पर्दछ धामा ॥