जो कामधेनु अम्लान पुष्पहरू नन्दनमा उग्राउँदा पाउँदी होलिन् र यस्तै सुतुवा र तरङ्गदेशीहरू मात्र संसारमा दुहुना गाई हुन्छन् । पञ्चतत्त्बका
पाँच थुनबाट हामी त्यो अमृत दुहुन्छौं, जो देवता पिउन खोज्दछन्, त्यही
उग्राइको रस । तर जब आनन्द ज्यादा हुन्छ र संसारको विस्तार गर्न
हामी अपूर्णभाषी हुनाले हताश हुन्छौं तब हामी मौनमा निदाएर मौनमा
पस्तछौं । त्यहाँ 'न किञ्चिदवेदिषं'को विशाल नगरी छ जहाँ कुम्भकर्णसँग हात मिलाउन पाइन्छ ।
बिछ्यौनामा लेटेको वेलामा तपाईं बुभनुहुन्छ उर्वशीहरू कस्तो
चालसँग हिंड्दथे र कुन किसिमको हलुकापनले, जब उनीहरू सखीसँग
आँखमिचौनी खेल्न पछाडिबाट सुस्तसँग अगाडि बढ्दथे तिनका नूपुरहरू
चाल मार्ने चरणले स्वर्गका मुनाहरूलाई हावालहरले शेष ढल्काएझैं
गरेर चल्दा झीनो रुनुझुनुसँग कसरी बज्दारहेछन् भन्ने कुरा आफ्ना
मनका तरङ्गहरूको मधुर आवाजमा झन्किएर अनुभूत हुन जान्छ र
त्यसै बेला कोमल अदृश्य करले ढकनी छोपिदिन्छ । कसले होला भन्ने अनुभव काम गरिरहेकै अवस्थामा, अनेक अप्सराका नाम र रूपहरू
ध्वनित हुन्छन्, झल्किन्छन्, बिलाउँछन् र हाम्रा अनेक प्रश्नहरूलाई उद्घाटनको उत्तर निस्कंदैन । त्यसैले त हाम्रा नेपाली उटपट्याङ कविले (तपाईंले नाम सुन्नुभएकै होओइन) लेखेका छन् :-
'नीद परी !
तकिया-पहाडको तन्ना-बागमा रुनुभुनु नुप्र सुस्त झरी पङ्ख भरी ! भरी !
हलुका परेला पुतलीहरूका स्वर्ण धुलीमय रङ्ग भरी । अघर
कुसुमहरूको अम्लानपनाको इन्द्रेणी झैँ मघु बिखरी ! चुम्बन दिन्छिन् मदमस्त बनाई मग्नपनाको जादू भरी । भुलीवरी ! जगको लहरी, मन कति सिहरी, सपना मधुर मधुर परी ! कसले जान्दछ मोहन-वनमा कुन ज्त-किरणामा नाद झरी ?
परीहरूको 'आँखमिचौनीहरूका जाद् भरी' तब न सुत्न जान्नु ! हाम्रो रायमा सुत्न जान्नु पनि एक सूक्ष्म
कला हो।
तर हाम्रा कुम्भकर्ण वीर निद्राको प्रेममा अति लागेर यसरी संसारमा अपवादित भएका हन् । सुताहाहरूको परीक्षामा उनी हरहमेशा कुम्भकर्ण: १२४