Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/59

From Nepali Proofreaders
Revision as of 14:32, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९)}} '''कवि-''' :जाऊन्‌ वृद्ध व्यास-प्रभृतिको तिम्रो भयो र के नाश ? :अझ पनि सत्कवि हामी खडा छँदै छौँ बडा नामी ॥ {{pcn|(१०)}} '''कविता-''' :शिव ! शिव ! बज्रसरी शरीरभेदी कुरा सुनौँ कस...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(९)
कवि-
जाऊन्‌ वृद्ध व्यास-प्रभृतिको तिम्रो भयो र के नाश ?
अझ पनि सत्कवि हामी खडा छँदै छौँ बडा नामी ॥

(१०)
कविता-
शिव ! शिव ! बज्रसरी शरीरभेदी कुरा सुनौँ कसरी ?
अब चुप चुप बाबू ! गर्यो मलाई अभाग्यले काबू ॥

(११)
कवि-
तिमि भनि म गर्छु मान तिमी अझ थुन्छ्यौ स्वयं वृथा कान ।
हुन आयो कुन हेतु ? रहेछ तिम्रो कहाँ केतु ?

(१२)
कविता-
तिमी जस्ता बनि कविजी गर्दछु कविता भनेर पत्र फिँजी ।
लाग्नू यो केहि दशा, नबिग्रि हुन्थ्यो कहाँ सहसा ?

(१३)
कवि-
मनकन बेसरि पोली, नबोल अति पेचिलो रुखा बोली ।
चिह्निनौ कत्ति मलाई, जान तिमी व्यासको भाइ ॥