Jump to content

Page:Laxmi nibandhasangraha.pdf/131

From Nepali Proofreaders
Revision as of 23:29, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "बज्छ अनाहत मृदु झ्ङ्कार ! ॥ फिल्मी जीवन बन्दछ मिरमिर; भर्दै अर्घनिमीलन सार । लहरीहरूमै श्रवबणसिपीमा समरहरूको पारावर ॥ ढकनी-परीका पातला पंख आधा-विपना-सपना-सार । चेत बिचेतका दोसाँध-...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बज्छ अनाहत मृदु झ्ङ्कार ! ॥ फिल्मी जीवन बन्दछ मिरमिर;

भर्दै अर्घनिमीलन सार । लहरीहरूमै श्रवबणसिपीमा

समरहरूको पारावर ॥ ढकनी-परीका पातला पंख

आधा-विपना-सपना-सार । चेत बिचेतका दोसाँध-जगत्‌मा ओर्लिन्छन्‌ मृदु झङ्कृतिदार जलमा थलमा नहुने ज्योतिहरूको बन्दछ मधु संसार । गोधुलिका अप्सरगणहरू

रुनुफुनु गर्छन्‌ तार हजार !”

यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम भावको भझिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको गोधूलिमा स्फुरण लिन्छन्‌ र अलिखितका संसारमा मात्र लहरिन्छन्‌ ।

अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित

कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको

अत्युत्तम साहित्यधन बन्दथिन्‌ । उनका निद्राअगीड कति लामो गोधूलि हुँदाहुन्‌ र कति लामा विलास !

जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा

प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्घाको राजा रहन्थ्यो । उनी पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो । दृश्यजगत्‌भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई

सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा

हामी त्यो आनन्दपूर्वकको प्राचीन भझुकाइ देख्न सक्तैनौं । उनको आत्मा

आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई भझिलमिलाएर बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका १२२/लक्ष्मी निबन्ध-सँग्रह