Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/49

From Nepali Proofreaders
Revision as of 11:31, 4 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''तिहार'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} सुखमय पारी सब संसार ::आयो रसिलो चाड तिहार । बन्दछ मानू सबको काम ::खुसी छन्‌ राजा रैति तमाम ॥ {{pcn|(२)}} अन्न छ सबका घर घर पूर्ण ::छैन कसैको पेट अपूर्ण । काग र डु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
तिहार

(१)
सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार ।
बन्दछ मानू सबको काम
खुसी छन्‌ राजा रैति तमाम ॥

(२)
अन्न छ सबका घर घर पूर्ण
छैन कसैको पेट अपूर्ण ।
काग र डुलुवा कुत्तासम्म
भत नहेर्ने यो छ अचम्म ॥

(३)
घर घर सबका भाँती भाँती
झकमक बल्छन्‌ दीपक-ताँती ।
झिलिमिलि झिलिमिलि वारी पारी
यो छ मजाको रमिता भारी ॥