Jump to content

Page:Laxmi nibandhasangraha.pdf/129

From Nepali Proofreaders
Revision as of 23:29, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कुम्भकर्ण संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कुम्भकर्ण संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको

उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए र सधैँ अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी' थिइन्‌ । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो ।तर निद्राको पूर्ण तबरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा मूर्खता मागेनन्‌, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो र खँदिलो लाग्यो ।

हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं

शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको

फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक आँखा टट्टाइरहेछन्‌, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्‌, र निरर्थक

अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले भझिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिँदो हडबड हाम्रो जीवन छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ । कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌- 'यो संसार सुखको स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता

पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे १२०/लक्ष्मी निबन्ध-संग्रह