Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/31

From Nepali Proofreaders
Revision as of 11:16, 4 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२४)}} सनकाऽऽदि महर्षि नाथको ::गुणगाथा दृढ भक्ति-साथको । लवलीन भएर गाउँदै ::घुमदै छन्‌ कृतकृत्यता लिँदै ॥ {{pcn|(२५)}} नखदेखि अहो !! शिखातक ::प्रभुको भेष र भूषणाऽऽदिक । जग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(२४)
सनकाऽऽदि महर्षि नाथको
गुणगाथा दृढ भक्ति-साथको ।
लवलीन भएर गाउँदै
घुमदै छन्‌ कृतकृत्यता लिँदै ॥

(२५)
नखदेखि अहो !! शिखातक
प्रभुको भेष र भूषणाऽऽदिक ।
जगदीश ! छ विश्ववन्दित
सब लोकोत्तर सारगर्भित ॥

(२६)
भय-भावक-भाव-भासुर
प्रभुका कम्मरको बगम्बर ।
परमेश्वर ! गर्छ पावन
उस मायापटको निदर्शन ॥

(२७)
दुइ बाहुलिको दयामय !
दुइ मुद्रा प्रभुको वराऽभय ।
शरणाऽऽगत भक्त-खातिर
अविनाशी सुखकान्ति-निझर ॥