Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/29

From Nepali Proofreaders
Revision as of 11:08, 4 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६)}} परमेश्वर भूतिभूषण ! ::उस वेला कुन भूतको गण । प्रभुका सँगमा रमाउँछ ::मन यस्मा अति चक्कराउँछ ॥ {{pcn|(१७)}} लय-साथ रहन्छ सिर्जना ::लय छोडी कुन सृष्टि-कल्पना ? लय-कारण ग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१६)
परमेश्वर भूतिभूषण !
उस वेला कुन भूतको गण ।
प्रभुका सँगमा रमाउँछ
मन यस्मा अति चक्कराउँछ ॥

(१७)
लय-साथ रहन्छ सिर्जना
लय छोडी कुन सृष्टि-कल्पना ?
लय-कारण गूढ तत्त्व छ
शिव ! जस्मा प्रभुको शिवत्व छ ॥

(१८)
अरुमा वृष चढ्छ भीषण
प्रभुको त्यो वृषमा नियन्त्रण ।
वृषवाहन ! दिव्य यो कला
नबुझी को भयबाट उम्कला ?॥

(१९)
वृष बादल हो कि ? धर्म हो ?
बयलै हो कि ? विशिष्ट कर्म हो ?
नबुझी सब तारतम्य यो
वय मेरो बहँदै बिदा भयो ।