मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन् । तर सच्चा तबरले बढेका शिशुहरू कवि बन्दछन्, कलाकार
बन्दछन्, उनीहरू आफ्नो चमत्कार मगजका भझिलिमिलीमा विचारशील
उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन,
संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्, जसमा भावुक रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा स्वगंको मिठास अनुभव गर्दछन् । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा
रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका
पैदावारीमा म त्यो दौलत देख्तिनँ, जो मेरो आभ्यन्तरिक सौन्दर्यात्मक चेतले प्राकृत तवरले प्रशंसा गर्दछ । यस जातिको विकासको अवस्था
परीक्षा गर्ने कसी खालि त्यस जातिको काल्पनिक वर्ण र सौन्दर्यमा पाउँछु । मेरा निमित्त विज्ञानवक्र यूरोप भारतको सभ्यतामा अझ आइपुगेको छैन । किनकि भारतीय कल्पनाका विशालपनासँग आजसम्म यूरोप कुनै कुरामा दाँजिन सक्तैन। पूर्व वनस्पतिको प्रचुरता र रङ्गीनपनमा
प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ । एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्, जस्तो अमेरिकन
एमर्सनको बारेमा कोही भन्दछन्, तर साधारणत:
भारतीय कल्पनाको
श्रेष्ठता स्वयंसिद्ध छ । हामी अलि अर्कैतिर ढल्यौं । अं साँच्ची ! म भन्न लागिरहेथेँ कि
कल्पना नै आनन्दको आत्मा हो । प्रकृति देवीले सहानुभौतिक भावसँग
मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर विहञ्गमगुञ्जित शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्, तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा दौड्दछ् अथवा
वागमतीको किनारतिर ।त्यो दैनिक नवजागरणको छविलो जादू मेरो आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको मुस्क्राहट लिन्छन्, न म त्यहाँ केही
दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा
मामूली दैनिक दर्शन ठहत्याउँछु, एउटा सघैँको बेपरबाहले देखिने घटना
जसमा न आनन्द छ, न जीवन ! यो मानव, पशृत्व, यो अन्धता देख्ता
कल्पना/११३