Jump to content

Page:Laxmi nibandhasangraha.pdf/120

From Nepali Proofreaders
Revision as of 23:24, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सूक्ष्म प्रदानहरू पाएर खँदिलो भएका रङ्गदार धनुबाट मिठासका सूक्ष्म प्रेरणाहरू ओर्लेर आउँछन्‌ । अनन्तको संगीत स्तब्ध निशाको मुटुबाट उच्छुवासित भएर अनाकर्ण्य मिठास उसको फस्टाउँ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सूक्ष्म प्रदानहरू पाएर खँदिलो भएका रङ्गदार धनुबाट मिठासका सूक्ष्म प्रेरणाहरू ओर्लेर आउँछन्‌ । अनन्तको संगीत स्तब्ध निशाको मुटुबाट

उच्छुवासित भएर अनाकर्ण्य मिठास उसको फस्टाउँदो जीवनभित्र घुस्तछ, र त्यो विशालको मोहनी जसलाई छुन सकिन्न तर भाँच्न सकिन्छ,

त्यसका चारौं तरफबाट आउँदै, स्पर्श गर्दै, दिव्य आकृति, दिव्य संगति र दिव्य मिलाप (जस्तो रस्किनसाहेबले भनेका थिए) त्यसको रूप र रेखा मिलाउँदै लैजान्छ । उषाका आँसु मोतीको सुगन्ध रसनेन्द्रियमा कस्तो

स्वाद दिन्छन्‌ त्यो उसले याद पाउँदै जान्छ, जूनको रसिलोपना, मट्टीजरे,

हावा खेलाडीको फलरूप प्रदानमा कुन किसिमसँग स्वाद बनेर आनन्द

दिन्छ, सो कुरा कविले अनुभव गर्न वाल्दछ । उसले सूर्यरश्मिस्पर्शको स्वाद चाख्तछ, वर्षाको शीतलोपन, हावाको सन्देशको मिठास अनुभव

गर्दछ, र अम्बाको पार्थिव स्वादउपरको स्वर्गीय प्रभावसारहरूमा उसको कल्पना घुस्न थाल्दछे । उसलाई टोक्नुमा क्र्रता देखिन्छ, एक टुक्रा

मुखमा हालेर स्वाद लिँदै उसले कमसे कम पाँच मिनेट त्यसको कोमलता र माधुर्यउपर समालोचना गर्न थाल्दछ । उसलाई त्यहाँ दिव्य मिठास

ईश्वरमाधुर्य सच्चिदानन्दको केही आभासिक भौतिक खँदिलो रस मिल्दछ । न एउटा नन्दनवनकै पहाडी स्वर्गको कल्पना गर्दछ जहाँ कुनै चाँदीचञ्चला

निनादिनीउपर बादलबूँदे रसले भिजेर पारिलो घाममा पाको भएको

अमृतफलको हात-अटाउ शीतल डल्लो, रङ्गिलो चुरीदार कोमल करले

टिपेर, राता छिर्का र कोढठीउपर शावबकलोचनी पहाडकन्या नजर लगाएर

हेरिरहेकी बडो राम्रो लागेर एकै छिन डोकामा हाल्नुको अगाडि ! अनि

तिनी गीत गाउँछिन्‌, मोतीलहरे दन्तले कोइलीपातले जिञ्रो आधा नौलो

पहाडी शब्दहरू जो सुरिला माधुर्यमा उच्चताको हावादार प्रवेशलाई प्रसन्न गर्दछन्‌-चरीचतुर, सरल तरल कुर्लन र त्यो गाना त्यो स्वादसँग

मिल्दछ र मधुर ध्वनिको कम्पन रसनेन्द्रियबाट मगजमा पुगेर स्वादिलो बन्दछ । त्यस्तै तवरले हामी भन्न सक्तछौँ कि जहाँ कल्पनाको जादूगरी

छैन त्यहाँ आनन्दको सच्चा आत्मा रहेको हँदैन । कल्पनाहीन मनुष्यहरू

जीवनका उच्च कक्षाका मोजहरूबाट हरहमेशा वञ्चित छन्‌ । गद्यगह्रौं

मगजहरू जीवनका साधारण मौरी भुनभुनाहटमा छन्‌, खालि चुस्तछन्‌ स्वाद लिन जान्दैनन्‌, रङ्गीन चीजहरूको आह्वानसम्म सहज बुद्धिले कल्पना/१११