This page has not been proofread
जसका हातमा भूतका हुन्छन् जगल्टा ।
जसका बोक्सी खान्छन्, ताता अगुल्टा ॥
ठूलो राङ्क्री वनको आई मन्त्रैको ।
मुर्दा कति जिउँथे उल्ले जन्त्रेको ॥
(५)
ह्लासाभरको ह्लामा
जान्ने ह्लूसिङ्गो ।
तासा ह्लामालाई
पत्यार पार्नलाई
छिटो फिलिङ्गो ॥
(६)
आन्जा जान्छै वहाँ कथा सुनाउन ।
प्रेमको विजोग कथा क्रा घुमाउन ॥
(७)
"डाक्टर, वैद्य, धामी
म्जरफूक सारा हार
हिमाल बूटी ल्यायौँ
ल्यायौँ सागर खार ।
ल्यायौँ »ढुङ्गाबाट
कालो पसीना ।
ल्यायौँ सेतो भालु
बोसा मसीता ॥
क शिलाजित