Jump to content

Page:Luni.pdf/53

From Nepali Proofreaders
Revision as of 11:46, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} "आज जिन्जी, चली चली कल्ले रङ्गाउँछ ? आज कल्ले गुलाफ रङ्गको जलप लगाउँछ ! {{pcn|(५)}} "आज जिन्जी, छाँगा छहरा कल्ले नचाउँछ ? आज जिन्जी, सुनको मन्दिर कल्ले बनाउँछ ? {{pcn|(६)}} "ज...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
"आज जिन्जी, चली चली
कल्ले रङ्गाउँछ ?
आज कल्ले गुलाफ रङ्गको
जलप लगाउँछ !

(५)
"आज जिन्जी, छाँगा छहरा
कल्ले नचाउँछ ?
आज जिन्जी, सुनको मन्दिर
कल्ले बनाउँछ ?

(६)
"जिन्जी, आज हजार वनको
चरी तारमा फीनो
किरण घनु कस्तो भनूँ
लो को बजाउँछ ?

(७)
"आज जिन्जी, पहाडभरि
फूल को लगाउँछ ?
आज जिन्जी, कल्ले मलाई
पारि बोलाउँछ ?

(८)
पालुवाको ओठले जिन्जी !
बोल्न को आउँछ ?
मेरो पयर हल्का पारी
फूल को बिछाउँछ ?