Jump to content

Page:Luni.pdf/30

From Nepali Proofreaders
Revision as of 11:12, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} हरियोको संसार आगो फझिल्किन्छ । नशा नशा फूलमा बैंसले वल्किन्छ ॥ भँवराको ताँती फूलमा पल्किन्छ हावा चुम्छ फूललाई गाला ढल्किन्छ ॥ {{pcn|(४)}} बसन्तको लहर सुन्दर सा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३)
हरियोको संसार
आगो फझिल्किन्छ ।
नशा नशा फूलमा
बैंसले वल्किन्छ ॥
भँवराको ताँती फूलमा पल्किन्छ
हावा चुम्छ फूललाई
गाला ढल्किन्छ ॥

(४)
बसन्तको लहर
सुन्दर सागरको
आई छुन्छ शहर
पहाड भ्रमरको ।
फूल फूलका परी
नाच छ रहरको ॥
तर कठै लूनी !
आकाशको मुनि
एउटी तिमी रुन्छयौ आँसु अमरको ।

(५)
फूलको संसारलाई
दिलमा रसाउने ।
कोमल भावले ह्मेन्द॒
वनै हँसाउने ॥
आज कठै लूनी !
बादल उदासी!