Jump to content

Page:Luni.pdf/23

From Nepali Proofreaders
Revision as of 11:12, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४)}} 'जिन्जी दिदी ! जिन्जी दिदी'- आँखा उठे मुखमा ! भाका भने बन्द भयो बोलिनको द्‌:खमा ! {{pcn|(१५)}} "क्यान आज लूनी रानी, कोपिला झैँ बन्द । हामी दिलको पाइसम्छौँ लुकाएको गन्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१४)
'जिन्जी दिदी ! जिन्जी दिदी'-
आँखा उठे मुखमा !
भाका भने बन्द भयो
बोलिनको द्‌:खमा !

(१५)
"क्यान आज लूनी रानी,
कोपिला झैँ बन्द ।
हामी दिलको पाइसम्छौँ
लुकाएको गन्ध !

(१६)
"सेर्पा चाङना फूलबारी
गँथ्छ रङ्गीन माला !
चाङना जसले "मारदौन' जित्यो
ह्लासा वीरको चाला !

(१७)
मिर्मिरे जँघा उसको ओठमा
फलको केशर कालो !
ढुक्क्र जस्तो गोद गाई हिँड्छ ।
फूलको बोकी डालो !

(१८)
जिन्जीको छ कुने आँखा
हामी देख्छ फुलशर ।
मुटु हान्ने धनुमाथि
बिश्ने ठाउँ करकर !"