Jump to content

Page:Laxmi nibandhasangraha.pdf/109

From Nepali Proofreaders
Revision as of 23:22, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण

मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले

पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली 'झैं लाग्दथ्यो;

वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा सुर चढेपछि त्यसै अक्षर मिन्दारहेछन्‌ र लय घुसेपछि, हावाले बाँसमा

मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न थाल्दोरहेछ । यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो रहेछ र जहाँ ज्यादा मन गडथो उहीँ मानिस आफ्नो वबिलास पाउँदो रहेछ । कितापमा लेखिएका नियम र सूत्रपछाडि विश्वमा सृक्ष्म झल्का

र अनुभूति पाइँदा रहेछन्‌, जसले ती नियम, लय र तालमा हिँडाउँदा

रहेछन्‌ । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन

चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने सारहरू राख्तारहेछन्‌ ।

मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सृक्ष्म बुद्धि

र लय पक्रिने सृक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्‌; र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ

सत्यलाई सुन्दरद्वारा देख्तारहेछन्‌ उतैतिर लाग्दा रहेछन्‌ । मेरो सिद्धान्तमा सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान

गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रञ्जिलो मोहनी

पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सृक्ष्म चेत पाएर छन्दको

ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन्‌ । कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न वस्ताद चाहिएन ।

म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु

र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको

जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले

पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू आफूखुशी बालुवामाथि बगिरहेको देखेँ । मानवशिल्पकला विशाल १००८लक्ष्मी निबन्ध-संग्रह