This page has not been proofread
बज्छन् मुख चम्बा
गिन गिन गुन्गुनी ।
बज्छन् घ्याम्पे ढयाङ्ग्रा
घड् घड् घत्घनी ॥
(९)
बुद्ध मन्दिरमाथि,
मल्लर छाता छ ।
कल्लर सुनको छाता,
साँझको नाता छ ।
नाच्छन् वरिपरि
पयर फेकेर ।
कोकिल कण्ठी राम्रा,
हेलम्बकी छोरी,
फूलमा टेकेर ॥
(१०)
राता राता धृपी
गोसाईं बाटाका ।
बुद्धअघि बाल्छन्,
अमर धुनी मगमग
मगमग अमर धुनी
हिमाल पाटाका ॥
(११)
नौनी दिया क्लिमिल सेता लप्का छन् ।
भोटे धृपका ठोसा राता दुप्पा छन् ॥
रङ्गबिरड्का राम्रा फूलका झूप्पा छन् ।
वरिपरि घम्ने उल्का छूपका छन् ॥